Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमसीसीले गठबन्धनमा तनाव: देउवा सक्रिय, प्रचण्ड र नेपाल मौन


    सोमबार, माघ १७ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विवादले सत्ता गठबन्धनभित्र तनाव बढेको छ ।

    गठबन्धनका अन्य दलले भने एमसीसी अहिलेकै अवस्थामा पारित गर्न नसकिने अडान राख्दै आएका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को चालु अधिवेशनबाटै एमसीसी पास गर्नुपर्ने प्रस्ताव अगाडि सार्नुभएको छ । प्रधानमन्त्री देउवाले एमसीसी पारित नभएको अवस्थामा गठबन्धन नै टुट्न सक्ने चेतावनी दिएको स्रोतको भनाइ छ ।

    सत्ता गठबन्धनमा आबद्ध चार दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा अहिलेकै अवस्थामा एमसीसी पारित गर्न नहुने पक्षमा छन् ।

    प्रधानमन्त्री भएपछि देउवाले अहिले तेस्रोपटक एमसीसी पारित गर्नुपर्ने प्रस्ताव अगाडि सार्नुभएको हो । सत्ता गठबन्धनकै दलहरूको असहयोगका कारण यसअघि उहाँ एमसीसी अगाडि बढाउन असफल हुनुभएको हो ।

    देउवाले एमसीसीको विषयमा सहमति जुटाउन आइतबार एकीकृत समाजवादीका नेता खनाल र माओवादीका नेता श्रेष्ठसँग छलफल गर्नुभएको देउवाको सचिवालयका एक सदस्यले बताए । उनका अनुसार देउवाले एमसीसीमा राष्ट्रघाती विषय कहीं पनि नभएको भन्दै अगाडि बढाउन प्रस्ताव गर्नुभएको थियो तर दुवै नेताबाट सकारात्मक जवाफ आएन । एमसीसी अगाडि बढाउन प्रधानमन्त्री देउवाले सक्रियता देखाए पनि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने मौन रहनुभएको छ । नेपाल समाचारपत्र दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार