Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘फेसन विक’मा उर्वशीले लगाइन् ४० करोडको गाउन !


    आइतबार, माघ १६ २०७८
    480
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । बलिउड अभिनेत्री उर्वशी रौतेला मोडलिङको दुनियाँमा समेत परिचित नाम हो । पूर्व मिस युनिभर्स समेत रहेकी उनको सौन्दर्य जो कोहीलाई पनि मोहित पार्ने रहेको छ । अरब फेसन विकमा पनि उनले आफ्नो सौन्दर्यको जादु छरेकी छन् ।
     
    यो फेसन विकमा दुई पटक सहभागी हुने उनी पहिलो भारतीय अभिनेत्री भएकी छन् । कार्यक्रममा उनले लगाएको गाउनको अहिले चर्चा हुन थालेको छ । स्टेजमा उनी सुनौलो रंगको हिराका गहनाले सजाइएको थाई हाई स्लिट गाउन लगाएर स्टेजमा देखिएकी थिइन् । यो पहिरनमा उर्वशी निकै सुन्दर, आकर्षक र बोल्ड देखिएकी थिइन् । गाउन पुर्ण रुपमा गहनाले सजिएको थियो ।

    गाउनले उवर्शीको सौन्दर्यमा थप सुन्दरता थापेको थियो । जसको डिजाइन प्रसिद्ध फेसन डिजाइनर फर्ने भान अमान्टोले गरेका हुन् । उनी जेनिफर लोपेज र बेयोन्से जस्ता ठुला स्टारको ड्रेस डिजाइन गर्ने गर्दछन् । गाउँनको मूल्य ४० करोड ९भारतीय रुपैयाँ० भएको बताइएको छ । यो गाउन मिस्रीकी सबैभन्दा बलावान र सुन्दर रानी ‘महारानी क्लियोपेट्रा’ बाट इन्सपायर भएर निर्माण गरिएको हो ।

    उवर्शीले फेसन विकको एक भिडियो सामाजिक संजालबाट शेयर गरेकी छन् । भिडियो शेयर गर्दै उनले लेखेकी छन् ‘यो प्रसिद्ध फेसन विकमा मलाई दुई पटक शोस्टपर बनाउनु भएकोमा धन्यवाद ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार