Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महानगरका हाकिमद्वारा पदको दुरुपयोग, अस्पताललाई अनुदान दिंदा श्रीमतीलाई गरे बोर्ड सदस्यमा नियुक्ति


    आइतबार, माघ १६ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौं । । काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एवं सहसचिव राजेश्वर ज्ञवालीले पदको दुरुपयोग गर्दै आफ्नी श्रीमतीलाई अस्पताल सञ्चालक समितिको निर्देशकमा नियुक्त गरेका छन् । उनले बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र सञ्चालक समितिको सदस्यमा आफ्नी श्रीमती विना दवाडी ज्ञवालीलाई नियुक्ति गरेका हुन् ।  

    गएको वर्षको कोभिड संक्रमणको समयमा काठमाडौं महानगरपालिकाले सो केन्द्रमा अक्सिजन प्लान्ट जडान गरेको थियो । काठमाडौं महानगरपालिकाको करीव २ करोड ७५ लाख रुपैयाँ अक्सिजन प्लान्टका लागि अनुदान दिएबापत प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले श्रीमतीलाई बोर्ड सदस्य बनाउने दबाब दिएका थिए । प्रमुख प्रशासकीय अधिकृतले श्रीमती विनालाई बोर्ड सदस्य बनाएमात्रै प्लान्ट जडान गरेपछि शहीद गंगालाल हृदयरोग अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारी उनलाई राख्न बाध्य भएका थिए ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री अध्यक्ष रहने सञ्चालक समितिमा मेडिकल र स्वाथ्य क्षेत्रमा अनुभव नै नभएकी ज्ञवालीलाई सदस्यमा नियुक्ति गरिएको हो  । कामपाका मेयर विद्यासुन्दर शाक्यसँग अनियमिततामा मिलेमतो भएकाले ज्ञवालीकी श्रीमतीलाई बोर्ड सदस्य बनाएमात्रै अनुदान दिनेगरी सेटिङ गरिएको थियो । जनताको करको पैसाबाट अस्पतालमा अक्सिजन प्लान्ट राख्दा समेत हाकिमका श्रीमतीलाई बोर्ड सदस्य बनाउनुपर्ने दबाबमा कार्यकारी निर्देशक अधिकारी परेका थिए ।  

    सो केन्द्रको सञ्चालक समितिमा सो क्षेत्रको जनप्रतिनिधिको हैसियतमा एमाले उपाध्यक्ष इश्वर पोखरेल, मन्त्रालयका सचिव डा. रोशन पोखरेल, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, हार्ट टु हार्ट नेपालका विजय राई, हृदयरोग विशेषज्ञ डा. युवराज लिम्बु, काठमाडौं विश्वविद्यालयका डीन डा. राजेन्द्र कोजु सदस्य रहेका छन् ।

     स्वास्थ्य विषयमा जानकारी नै नभएका व्यक्तिलाई विज्ञको रुपमा सञ्चालक समितिको सदस्यमा नियुक्ति गर्नु गलत नियत देखिएको अन्य सञ्चालकको आरोप छ । कामपाका प्रमुख प्रशासकीय अधिकृत हँुदा करोडौं रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेका ज्ञवाली हाल गृहमन्त्रालयमा सरुवा भएका छन् । अक्सिजन प्लान्ट राख्नका लागि अनुदान दिने क्रममा श्रीमतीलाई बोर्ड सदस्य बनाउन दबाब दिएकोबारेमा सहसचिव ज्ञवालीको धारणा राख्न पटक पटक प्रयास गर्दा पनि उनी सम्पर्कमा आएनन् । उनलाई म्यासेजबाट प्रतिक्रिया माग्दा पनि प्राप्त हुन सकेन ।

    शहीद गंगालाल अस्पतालकी बोर्ड सदस्य विना दवाडी ज्ञवालीले आफू कसैको दबाबमा नियुक्ति नभएको बताइन् । उनले भनिन्–‘म स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय निर्णयबाट अस्पतालको बोर्ड सदस्य भएको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतकोको दबाबबाट नियुक्त भएको पुष्टि गर्नुस्, तत्काल राजीनामा दिन्छु ।’   

    ज्ञवालीलाई कामपाको टेकुस्थित भवन ठेक्का दिने क्रममा ठेकेदार कम्पनी समानान्तर जेभीसँग सेटिङ गरेको आरोप लागेपछि संघीय मामिला तथा सामान्य मन्त्रालयले जगेडामा सरुवा गरेको थियो । गृहमन्त्रालयमा पुन सेटिङ गरी सरुवा भएका उनले अहिले पनि  कामपाका मेयरसँग हिमचिम बनाएर काम गरिरहेको महानगर स्रोतले जनाएको छ । सहसचिव ज्ञवाली हाल गृहमन्त्रालयको विपत् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणमा कार्यरत छन् ।  महानगरको भवनको ठेक्कामा मेयर शाक्य र प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली मिलेर २० करोड बढीमा बोलपत्र पेश गरेको समानन्तरलाई ठेक्का दिएका थिए ।

    १५ करोड भन्दा माथिको ठेक्का मेयरले निर्णय गर्ने निर्णय महानगरपालिकाको कार्यपालिका बैठकबाट निर्ण गराएको अवस्थामा पनि मूल्यांकनमा सम्मिलित केही निरीह कर्मचारीबिरुद्ध मात्र मुद्दा चलाई अख्तियारले विद्यासुन्दर शाक्य र राजेश्वर ज्ञवालीलाई जोगाएर म्द्दा दायर गरेको थियो । रविना कन्ष्ट्रक्सनसहितका कम्पनीलाई त्रुटिपूर्ण मूल्यांकन गरी प्राविधिक प्रस्तावबाट अयोग्य घोषणा गरी समानान्तरलाई मात्र योग्य बनाई सेटिङमा ठेक्का दिएर मेयर शाक्य र प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले करोडौं घुस लिएको आरोप छ । तर अख्तियारले भने मेयर शाक्य र ज्ञवालीलाई उन्मुक्ति दिई निरीह कर्मचारीलाई मात्र मुद्दा दायर गरी सानालाई ऐन ठूलालाई चैन भन्ने उक्ति चरितार्थ गरेको छ । शाक्य एमाले अध्यक्ष केपी ओलीसँग गएर रुबाबासी गरेपछि अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईलाई भनसुन गरी ठेकेदार अच्युतप्रसाद खरेल, उनको कम्पनी, मेयर र ज्ञवालीलाई जोगाएको थियो । 

    शहीद गंगालाल हृदयरोग केन्द्रको संचालक समितिमा भएका ब्यक्तिहरुको सूचीः

    Screenshot (3).png

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार