Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतमा पनि सहिद दिवस मनाइदैं, गान्धीको हत्यारा गोड्सेलाई किन दिइयो हिन्दुत्ववादीको संज्ञा ?


    आइतबार, माघ १६ २०७८
    905
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । आज सहिद दिवस, देशभर सहिदहरुको सम्झनामा विभिन्न कार्यक्रमहरु मनाइदै छ । यस्तै, छिमेकी मुलुक भारतमा पनि आजकै दिनलाई एक कालो दिनका रुपमा लिइन्छ । 

    आजकै दिन भारतका राष्ट्रपिता तथा अहिंसाका प्रतिक महात्मा गान्धीको हत्या भएको थियो । सन् १९४८ को ३० जनवरीमा नाथुराम गोड्सेले गान्धीको हत्या गरेका थिए । भारतीय स्वतन्त्रता आन्दोलनका मुख्य अगुवा तथा आध्यात्मिक नेता गान्धी  विश्वका महापुरूषहरुमध्ये एक हुन् ।

    बेलायती सरकारको उपनिवेशका रूपमा रहेका दक्षिण अफ्रीकाको रंगभेद अन्त्य गर्न तथा भारतलाई स्वतन्त्र गराउन गान्धीको ठूलो योगदान थियो थियो । गान्धीको सम्मानमा उनको जन्मदिवस २ अक्टोबरलाई राष्ट्रसंघले विश्व अहिंसा दिवसको रूपमा मनाउने गर्दछ ।

    आज साराभारतले गान्धीलाई श्रद्धाञ्जली अर्पण गर्दैछ । यसैबीच भारतीय कांग्रेस नेता राहुल गान्धीले पनि महात्मा गान्धीको सम्झना गर्दै हिन्दुत्वलाई निशाना बनाएर पोस्ट लेखेका छन् ।

    राहुल गान्धीले ट्वीट गर्दै भनेका छन्, ‘एक हिन्दुत्ववादीले गान्धीलाई गोली हानेका छन् । सबै हिन्दुत्ववादीहरूले गान्धी रहेनन् भन्ने महसुस गर्छन्। जहाँ सत्य हुन्छ, त्यहाँ बापु जीवित रहन्छ !’ उनले गान्धीलाई बापुको उपमा समेत दिएका छन्। 

    राहुलले गान्धीका हत्यारा गोडसेलाई हिन्दुत्ववादी भनेका छन् र गोडसेलाई जोड्दा भाजपा र आरएसएसका मानिसहरूले पनि उनलाई हिन्दुत्ववादी भन्छन् । राहुलले हिन्दु र हिन्दुत्ववादीमा फरक रहेको बताएका छन् । उनीहरू आफूलाई हिन्दू भन्छन् र भाजपासँग सम्बन्धित व्यक्तिहरू हिन्दुत्ववादी हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार