एजेन्सी । शनिबार र आइतवार ढिलो १२ घण्टासम्म चलेको मुठभेडमा पाँच चरमपन्थी मारिएको कश्मीर जोन पुलिसले ट्वीट गरेको छ।
‘पाकिस्तान प्रायोजित आतंकवादी संगठन लश्कर-ए-तैयबा र जैश-ए-मोहम्मदका पाँच आतंककारीहरू पछिल्लो १२ घण्टामा दुई मुठभेडहरूमा मारिएका छन्,’ आईजीपी कश्मीरलाई उद्धृत गर्दै ट्वीटमा लेखिएको छ।
मारिएका आतङ्ककारीहरूमा जैश-ए-मोहम्मदका कमाण्डर जाहिद वानी र अन्य पाकिस्तानी अतिवादीहरू पनि रहेको बताइएको छ। यी मुठभेडहरू पुलवामाको नाइरा क्षेत्रमा र बडगामको चरार-ए-शरीफमा चलिरहेका थिए।
आईजीपी कश्मीरले यसलाई जम्मू कश्मीर पुलिसका लागि ठूलो सफलताको रूपमा वर्णन गरेका छन्।