Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गोर्खाज र एनआरएन यूकेको लोगोसहित बक्सिङमा भिड्दै जोन राइडर


    आइतबार, माघ १६ २०७८
    615
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लण्डन । आगामी १२ फेब्रुवरीमा हुन गइरहेको बक्सिङ प्रतिस्पर्धामा पूर्वडब्ल्यूबीसीका च्याम्पियन जोन राइडरले एनआरएनए यूके र गोर्खाली समुदायको प्रतिनिधित्व गर्ने भएका छन् । बक्सिङको संसारमा उपनाम ‘गोरिल्ला’ भनेर चिनिने जोन राइडर डब्ल्युबीसी च्याम्पिनयनशिप २०१९ का विजेता हुन् ।

    ‘जोन विश्वकै एक उत्कृष्ट खेलाडी हुन् र विगतमा उनले लास भेगस,अमेरिका तथा ओ टु एरिना, लण्डनकाबक्सिंग गेमहरुमा एनआरएनए यूके र गोर्खाको ब्याज लगाएर खेलेका थिए,’ राइडरका पूर्वप्रशिक्षक तथा एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले भने ।

    ३३ वर्षीय ब्रिटिस बक्सिङ खेलाडी जोन राइडरले उच्चस्तरीय ३५ प्रतिस्पर्धामा भाग लिएका छन्। उनी विश्व बक्सिङ च्याम्पियनमा नम्बर १ च्याम्पियन को रुपमा पनि परिचित छ्न् ।

    लण्डनको प्रसिद्ध अलेक्जेण्डर प्यालेसमा राइडर र बक्सिङमा अर्का चमत्कार ज्याकोबबीच घमासान मुक्केबाजी हुनेछ । त्यसका लागि टिकट ताेकिएकाे छ । 

    271488576_453280723136872_3719473139283961286_n.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार