Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • यस्तो छ आज माघ १६ गते आइतबारको राशिफल


    आइतबार, माघ १६ २०७८
    450
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • मेष : दिन निकै राम्रो छ। विद्याको क्षत्रमा रुची बढ्नेछ। परीक्षाको तयारीमा लागेकाले बनाएको रुटिन अनुसार काम बन्नेछ। शुभचिन्तकहरुसँग भेटको सम्भावना रहेको छ।

    वृश : दिन त्यत्ति राम्रो छैन। आफूले रोजेको काममा बाधा विरोध गर्नेहरुको सङ्ख्या संगठन बलियो छ। ख्याल गर्नुपर्ला। पठनपाठनमा रुची हुँदैन। वैदेशिक रोजगारको मामिलामा भने सफलता हात लाग्नेछ।

    मिथुन् : राम्रा कामको सुरुवात हुनेछ। व्यापार व्यवसायमा सफलता हात लाग्नेछ। वैदेशिक रोजगारको विषयमा सोचेर मात्र लगानी गर्नुहोला। आफन्तले सहयोग गर्नेछन्। आँटेका काममा पछि नहट्नुहोला।

    कर्कट : केही आफ्ना योजना सफल गर्नुछ भने आफूभन्दा ठूलाको आर्शीवाद लिएर मात्र गर्नुहोला। बुवाआमा भएकाले आज्ञा लिएर मात्र अघि बढ्नुहोला।

    सिंह : राम्रो अवसरको दिन छ। वैदेशिक रोजगार, व्यापार व्यवसाय, पठनपाठनमा सफलता लिनुछ भने सर्वप्रथम गणेशलाई मनमनै सम्झना गर्नु सफलता हात लाग्नेछ।

    कन्या : समग्रमा राम्रो छ। अधुरा काम पनि पूरा गर्न सक्नुहुनेछ। बन्धुबान्धवहरुसँग मित्रता बढ्नेछ। नसोचेका अभिभावकसँग भेटको अवसर छ।

    तुला : आज मानसम्मान प्राप्त हुने दिन परेको छ। आफ्ना मनमा हुने अति तर्क, कूतर्क आफै हट्नेछन्। मनमा उत्साह लिनुभयो भने असम्भव पनि सम्भव हुनेछ।

    वृश्चिक : दिन त्यत्ति राम्रो छैन। आफन्तले अपमान गर्ने सम्भावना छ। घरमा झैझगडा, श्रीमान श्रीमतीका बीचमा वैमनश्यता, बन्धुबाट असहयोग, वैदेशिक रोजगारीमा झुठा मानिसले दु:ख दिने सम्भावना छ। सतर्क रहनुहोला।

    धनु : दिन शुभ छ। आज लगाएको चिठ्ठा, सेयरमा भएको लगानीमा गुणात्मक रुपले बढ्ने सम्भावना छ। आमाको आज्ञा लिएर अघि बढ्दा सफलता हात लाग्नेछ।

    मकर : व्यापार व्यवसायमा सफल। पठनपाठनमा जोशजाँगर बढ्नेछ। निर्माण कार्यमा हात हालेको छ भने राम्रो सल्लाह दिने इष्टमित्र बढ्नेछन्। हिम्मत गर्नुहोस् घाटा हुने छैन।

    कुम्भ : सामान्य राम्रो छ। दाजुभाइले सकारात्मक सल्लाह सुझाव दिनेछन्। इष्टदेवको स्मरण गरेर अघि बढे मात्र सफलता हात लाग्नेछ।

    मिन : दिन राम्रो देखिँदैन। बहान चलाउँदा होस पूर्वक चलाउनुहोला। ऋण लगानी नगर्नू। कोही कुरा गर्दा साथीहरुले इख बोक्नेछन्। हाँसो ठट्टा गर्दा गलत बुझाई हुनेछ। सतर्कता अपनाउनुहोला।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार