Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विपन्नलाई रोडट्र्याक क्लब बर्दिबासको १५० जोर न्यानो कपडा उपहार


    शनिबार, माघ १५ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • विशाल बस्नेत 

    महोत्तरी । रोट्र्याक कलव अफ बर्दिबासले १ सय ५० जोर न्यानो कपडा वितरण गरेको छ । क्लबले महोत्तरीको कर्णाली भनेर चिनिने बर्दिबासको खयरमारास्थित भाङ्ग्रे, झ्याउरेमा विपन्न, गरिब तथा बालबालिकालाई सनिबार न्यानो कपडा वितरण गरेको हो ।

    रोट्र्याक क्लब बर्दिबास र रोडट्र्याक कलव अफ काठमाडौं विश्वविद्यालयको सक्रियतामा चिसोको कारण समस्यामा परेका बालबालिका, वृद्ध र गरिब परिवारका १५० जनालाई न्यानो कपडा वितरण गरिएको रोडट्र्याक कलव अफ बर्दिबासले जनाएको छ ।  

    सबै जनालाई स्विटर, दौरा, सुरुवाल, ज्याकेट, सर्ट, पाइन्ट, गम्सा, तौली लगायत फरक-फरक न्यानो कपडा वितरण गरिएको रोडट्र्याक कलव अफ बर्दिबासका सभापति विजय पोखरेलले जानकारी दिए ।

    खयरमाराको छोडके, पिपलदमा, भाङ्ग्रे, झ्याउरे, काली खोला, गर्दी जस्ता ठाउँहरू अझै बिकट मानिन्छ । जिल्लाको सबैभन्दा उच्च ठाउँमा रहेको यस ठाउँका बासिन्दा किनमेल गर्न २ घण्टा हिँडेर अझै खयरमारा बजार, बर्दिबास बजार, लालबन्दी जस्ता ठाउँमा पुग्नुपर्ने बाध्यता छ । 

    यातायातको कुनै सुविधा नभएको यी ठाउँहरूमा सवारी साधनबाट आवतजावत गर्न खयरमारा खोलाको किनार नै किनार जानू पर्ने अवस्था छ ।

    चुरे पहाडको टुप्पोमा रहेका यी गाउँका बालबालिका वर्षायाममा वारिपारि खोलाले ढाक्ने हुँदा विद्यालय जानबाटसमेत वञ्चित बन्ने गर्दछन् ।  न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार