काठमाडौं ।पछिल्लो २४ घण्टामा थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरि ५ हजार ९२४ जना संक्रमण मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ५६२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ३१८ तथा एन्टिजेन विधिबाट १ हजार ५८६ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयको अनुसार पिसिआर विधिबाट १० हजार १०१ जनाको कोरोना परीक्षण गरिएको थियो भने एन्टिजेन विधिबाट ४ हजार ४६१ नमूनाको परीक्षण भएको थियो । यही अवधिमा थप ६ जनाले ज्यान पनि गुमाएका छन् ।
तेस्रो लहर सुरु भएका यता पहिलोपटक सङ्क्रमितको सङ्ख्याभन्दा निको हुनेको सङ्ख्या बढी भएको हो । हालसम्म नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख ४८ हजार ३६० जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ८९।५ प्रतिशत रहेको छ ।
योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर ८७ हजार ३२९ मा पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ७०३ जनाले ज्यान गुमाइसकेका छन् ।