Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आज २०७८ माघ १५ गते शनिवारको राशिफल


    शनिबार, माघ १५ २०७८
    740
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । आज १५ माघ २०७८, तदनुसार २९ जनवरी २०२२ शनिवार । यस्तो छ आजको भाग्यफल

    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । शुभारम्भको चर्चा चल्नेछ ।

    वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । अतिथिको रूपमा सत्कार पाइनेछ । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ ।

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । जग्गा जमीनको कारोबारमा पनि सफलता मिल्न सक्छ ।

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :आज छोटो दुरीको लाभदायक यात्रा रहला । कुनै कुराले मनमा शान्ति छाउनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

    कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : न्यायिक कार्यमा सफलता मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । लाभदायक यात्रा पनि रहला ।

    तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । साँझमा केही पैसा हातपार्न पनि सक्छ ।

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :घरमा अतिथिको आगमन हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ, तर स्वास्थय प्रति सजग रहनु पर्छ ।

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तीय संस्थाबाट सहयोग पाइनेछ ।

    मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :मनमा दुबिधा उत्पन्न हुनेछ । मनमा निराशा र शरीरमा आलस्य आउला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । प्रेममा विवाद पनि आउला ।

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : कुनै कुराले मनमा शान्ति छाउला । दाम्पत्य जीवन सुखमय हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । भोज भतेरमा सहभागी भइनेछ ।

    मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । दैनिक कार्यमा प्रगति र सफलता मिल्नेछ । व्यापार व्यवसायमा पनि सफलता पाइनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार