Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डोटी अस्पतालका कार्यालय सहयोगी मृत फेला


    शुक्रबार, माघ १४ २०७८
    615
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • डोटी । डोटी जिल्ला अस्पतालका कार्यालय सहयोगी मृत फेला परेका छन्।

    दिपायल सिलगढी नगरपालिका–७ उडीतोला घर भएका ४५ वर्षीय कार्यालय सहयोगी भक्त कोली मृत फेला परेको जिल्ला अस्पतालका सूचना अधिकारी अमर भाटले जानकारी दिए। 

    उनका अनुसार कार्यालय सहयोगी कोली जिल्ला अस्पताल जाने बाटोको चोकमा शुक्रबार मृत फेला परेका हुन्।

    मृतक कोलीले जिल्ला अस्पतालमा परीक्षणका लागि ल्याइएका शवहरूको चिरफारको काम गर्दै आएका थिए। आफन्तहरू अहिलेसम्म नपुगेकाले उनको शव अहिले जिल्ला अस्पतालमा राखिएको अस्पतालले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार