Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • माघ २१ देखि जाल्पा सामुदायिक लघुवित्तको आईपीओ निष्काशन हुने


    शुक्रबार, माघ १४ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले  आईपीओ निष्काशन गर्ने भएको छ । लघुवित्तले ५ लाख २२ हजार कित्ता आइपिओ माघ २१ गतेदेखि जारी गर्ने भएको छ।
    कम्पनीले प्रति कित्ता १०० सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख रूपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशन गर्ने भएको हो । माघ ९ गते नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ निष्काशन अनुमति दिएको थियो ।

    ५ लाख २२ हजार कित्ता शेयरमध्ये ८ हजार कित्ता शेयर कम्पनीको कर्माचारीहरुको लागि छुट्याइएको छ भने २६ हजार १ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ ।

    बाँकी रहेको ४ लाख ८७ हजार ९ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । माघ २१ गतेबाट बिक्री खुला हुने आईपीओमा २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार