काठमाडौं । स्थानीय तहको निर्वाचन आगामी वैशाखमै गर्नुपर्ने अडान गर्दै आएकाे निर्वाचन आयोगले चुनावबारे छलफल गर्न कानून मन्त्रालयलाई बोलाएको छ ।
निर्वाचनको मिति छिटो तोक्न सरकारलाई दबाव दिंदै आएको आयोगले आज निर्वाचनकाे कानूनी विषयमा मन्त्रालयसँग छलफल गर्न लागेको हो ।
तर सत्ता गठबन्धनभित्र भने स्थानीय तहको निर्वाचन पछि सार्ने विषयमा बहस भइरहेकाले मिति तोकिएको छैन । बरु सरकारले केही कानून संविधानसँग बाझिएको भन्दै संशोधन गर्ने तयारी गरिरहेको छ ।