Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महोत्तरीमा कोरोना माहामारीको तेस्रो लहरमा १६६ संक्रमित, एक जनाको गयो


    शुक्रबार, माघ १४ २०७८
    615
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • महोत्तरी । कोरोना भाइरसको तेस्राे लहरमा महोत्तरीमा १६६ जना संक्रमित भएका छन् । एक जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

    स्वास्थ्य कार्यालय महोत्तरीको अनुसार स्वास्थ्यकर्मी तथा सर्वसाधारणमा संक्रमण भए पनि अहिलेसम्म ओमिक्रोन भाइरस भने पुष्टि भएको छैन ।

    तेस्रो लहरमा अहिलेसम्म महोत्तरीमा एक जनाको मृत्यु र १६६ जनामा संक्रमन देखिए पनि गम्भीर प्रकारका लक्षण र अस्पतालमा नै भर्ना हुनुपर्ने अवस्था नदेखिएको जिल्ला कोभिड फोकल पर्सन प्रतिभा सिंहले बताइन् ।

    भाइरसको दाेस्राे लहरमा जिल्लामा ८५ जनाले ज्यान गुमाएका थिए भने  ३२ सय ७५ जना संक्रमित बनेका थिए ।

    तेस्रो लहरमा संक्रमित भएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमित होमआइसोलेसनमा रहेकाे उनले बताइन् ।

    स्वास्थ्य कार्यालय महोत्तरीले खोप अभियानलाईसमेत तीव्र बनाएको छ । दैनिक ४८ सय ६७ जनाले पहिलो र दोस्रो खोप लिइरहेको कोभिड फोकल पर्सन सिंहले जानकारी दिइन् ।

    आगामी चैतभित्र खाेप लगाउन याेग्य सबै जनसंख्यालाई खोप लगाइसक्ने स्वास्थ्य कार्यालयको लक्ष्य छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार