Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको मूल्य ताेलामा ९०० रुपैयाँले घट्यो


    शुक्रबार, माघ १४ २०७८
    660
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । सुनको भाउ शुक्रबार प्रतितोला ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ६०० रुपैयाँ कायम भएको छ । बिहीबार भने छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    यसैगरी, शुक्रबार तेजावी सुनको भाउ तोलाको ९२ हजार एक सय रुपैयाँ निर्धारण भएको छ । 

    चाँदीको भाउ पनि घटेको छ । बिहीबार प्रतितोला एक हजार २९० रुपैयाँमा  कारोबार भएको चाँदी शुक्रबार २५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार २६५ रुपैयाँमा भएको छ । ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार