Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महोत्तरीमा प्रतिबन्धित १६० केजी गाजा बरामद


    शुक्रबार, माघ १४ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी । सशस्त्र प्रहरी बलले महोत्तरीको महोत्तरी गाउँपालिकाबाट १ सय ६० किलाेग्राम गाजा बरामद गरेको छ ।सशस्त्र प्रहरी छिनमस्ता बाहीनीबाट खटिएको टाेलीले रानीरतवाडाबाट गाजा बरामद गरेको हो ।

    सशस्त्र प्रहरी मधेस प्रदेशका बाहिनीपति गणेश ठाडामगरका अनुसार गणेश चौधरीको घर पछाडि रहेको  परालको टौवाबाट १ सय ६० गाजा फेला परेको हो । 

    परालको टौवामा लुकाइराखेको १६ पोकामा १६० केजी गाजा रहेको प्रहरीले जनाएको छ । बरामद भएको गाजा थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई जिम्मा लगाउने तयारी भइरहेको ठाडामगरले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार