Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कुरानको कसम खुवाएर मस्जिदका इन्चार्जले नै गरे ८ वर्षीया बालिकामाथि बलात्कार


    शुक्रबार, माघ १४ २०७८
    485
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । भारतस्थित उत्तर प्रदेशको मैनपुरी जिल्लाबाट एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ । घटनामा त्यहाँको एक मस्जिदका इमामले आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको छ ।

    भारतीय संचारमाध्यमहरुका अनुसार आरोपी इमामले पीडितलाई कुरानबाट कसम समेत खुवाक थिए कि उनले यसबारे कसैलाई नभन्न भनेर। तर, बालिका घर पुग्दा उनको शरीरबाट अत्याधिक रगत बगिरहेको थियो । घटनाबारे थाहा पाएपछि उनका परिवारले प्रहरी चौकीमा उजुरी दिएका थिए ।

    मैनपुरी प्रहरीले आरोपी इमामलाई पक्राउ गरेको छ भने बालिकालाई उपचार र स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाइएको छ । यो घृणित घटना मैनपुरीको किसनी थाना क्षेत्र अन्तर्गतको एउटा गाउँमा भएको हो।

    रिपोर्टका अनुसार ५२ वर्षीय अभियुक्त इमाम जमाल अहमद विगत १० वर्षदेखि मस्जिदको इन्चार्ज छन् र यहाँ बालबालिकालाई पढाउँछन् । पीडित युवती अध्ययन गर्न मस्जिद जाने गर्थिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार