Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यी हुन् कालिमाटी प्रहरी बृत्तबाट भागेका कैदी 


    शुक्रबार, माघ १४ २०७८
    860
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रहरी बृत्त कालिमाटीका डीएसपी अनिल घिमिरेले १ महिनाअघि कैदी भागेको घटना गुपचुप राख्दैआएका छन् । राजकुमार पोद्दार नामका कैदी बृत्तबाट भागेका थिए । तर बृत्तका डीएसपी अनिल घिमिरेले उक्त घटना गुपचुप राख्दैआएका थिए ।

    कैदी भागेको उनले आफूभन्दा माथिल्ला निकाय काठमाडौं प्रहरी परिसर र महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई समेत जानकारी नदिएकोबारेमा नेपालफेस डटकमले मंगलबार समाचार लेखेको थियो ।

    पहिला एमालेका नेता तथा पूर्व संचार मन्त्री पार्वत गुरुङलाई मामाससुरा नाता लाउँदै लाभ लिएका डीएसपी घिमिरेले सर्वोच्च अदालतको परमादेश लगत्तै वर्तमान सरकार बनेपछि गृहमन्त्री बालकृष्ण खाँणलाई खाँट्टी कांग्रेसको मानिस बनेर कालिमाटी बृत्तमा सरुवा भएका थिए । उनले कालिमाटीमा सरुवा हुनासाथ पुराना अभिलेख हेर्दै पटकेहरुलाई पक्राउ गर्दै ल्याउने, थुन्ने र असुल्दै छाड्ने गरेका छन् ।

    पहिला विभिन्न आरोपमा पक्राउ परी छुटेका र अहिले केही नगरेकालाई पनि उनले पक्रेर ल्याउने, थुन्ने गर्दै असुली गर्दैआएको आरोप छ । महानगरीय बृत्तले अनुगमन गर्ने हो भने डीएसपी घिमिरेले पटकेहरुलाई अहिले कुनै कसुरविना नै पक्राउ गरी धेरैलाई बृत्तमा ल्याएको फेलापर्ने स्रोतको दाबी छ ।

    बृत्तको हिरासतबाट १ महिनाअघि भागेका थुनुवा पोद्दार पनि पटके भएको खुलेको छ । डीएसपी घिमिरेले भने नेपालफेसकर्मीसँग बृत्तबाट कुनै थुनुवा नभागेको दाबी गरेका थिए ।     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार