Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राेकिराखेकाे ट्याक्टरमा बस ठाेक्कियाे, दुई दर्जन यात्रु घाइते


    शुक्रबार, माघ १४ २०७८
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सर्लाही । पूर्वपश्चिम लाेकमार्ग अन्तर्गत सर्लाहीकाे हरिवनमा उखु बाेकेकाे ट्याक्टरमा यात्रुबाहक बस ठाेक्किँदा दुई दर्जन यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाकाे अवस्था गम्भीर छ ।

    बिहीबार राति भैरहवाबाट विराटनगर जाँदै गरेकाे लु २ ख ४७५७ नम्बरकाे बस दुर्घटनामा परेकाे हाे । हरिवन-९, सुखेपाेखरीमा बिग्रिएर राेकी राखेकाे ज २ त ७८१ नम्बरकाे ट्याक्टरमा बसले ठक्कर दिएकाे इलाका प्रहरी कार्यलय हरिवनले जनाएकाे छ । बाक्लाे हुस्सु र कुहिराेका कारण बस ट्याक्टरमा ठाेक्किएकाे आँकलन गरिएकाे छ। 

    घाइतेमध्ये एक पुरुष र एक महिलाकाे अवस्था गम्भीर रहेकाे र उनीहरूलाई थप उपचारकाे लागि विरगन्ज रिफर गरिएकाे प्रहरीले जनाएकाे हाे । बस चालक चालकलाई साेधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएकाे छ । ट्याक्टर चालककाे पहिचान हुन सकेकाे छैन ।

     घटनाबारे थप विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार