Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तेल बोकेका ६९ ट्याङ्कर रक्सौलमा रोकिए 


    आइतबार, चैत्र २ २०७६
    820
    Shares
  • २ मिनेट पाठ
  • चैत ०२,  काठमाडौँ । भारतबाट तेल बोकेर आएको तेलको ट्याङ्कर रक्सौलमै रोकिएका छन् । नेपाल भित्रिने ट्याङ्करसँग बढी रकम लिएको विरोधमा ढुवानी व्यवसायीले रक्सौलमै तेलका ट्याङ्कर रोकेका हुन । उनीहरुले प्रति २० हजार लिटर तेल बोकेका ६९ वटा ट्याङ्कर रक्सौलमा छोडेर आएका छन् । 

    सो तेल भारतको बरौनीबाट आएको थियो । ढुवानी व्यवसायीले भारतीय आयल निगमले इन्धन बोकेको ट्यांकरको भन्सार गराउन भारततर्फका एकीकृत भन्सार जाँच चौकी (आईसीपी) मा राखेकाहरूले जथाभावी रकम लिने गरेको विरोधमा ट्याङ्कर छोडेर आएको बताएका छन् । 

     आईओसीले पेट्रोलियम पदार्थ बोकेका ट्यांकरको भन्सार क्लियरेन्स लगायत भन्सारमा आवश्यक कामका लागि मुन्सी राखेको हो । त्यस्ता मुन्सीहरु दुई दर्जनको हाराहारीमा खटिन्छन् ।

    मुन्सीहरूले आफ्नो मुडअनुसार, ६ सय देखि १ हजार भारुसम्म माग्ने गरेको दाबी व्यवसायीले गरेका छन् । त्यसको रसिदसमेत उनीहरूले दिँदैनन् । अनावश्यक पैसा असुल्न थालेपछि त्यसको विरोध गर्दा व्यवसायीमाथि नै आक्रमण गर्न खोजेको व्यवसायीको भनाइ छ ।

    भारतीय आयल निगमका प्रतिनिधिले अनधिकृत रूपमा उठाउने शुल्क नतिर्ने निर्णयमा आफूहरु पुगेको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी संघ, वीरगञ्जका उपाध्यक्ष विनोद मानन्धरले बताए । उनले भने, उनीहरुको मुड अनुसार शुल्क लिने गरिएको छ । सो शुल्क कसले कति नि तिर्ने भन्ने स्पष्टता हुनुपर्छ । तर हुन सकेको छैन ।’

    उनले कहिले डराइ, धम्काइ त कहिले चाँडै पास गराइदिन्छु भनेर प्रलोभनमा पारेर उनीहरूले मनलाग्दी रकम असुल्ने गरेको गुनासो पोखे । 

    भारतीय पक्षसँग वार्तामार्फत समस्या समाधानका लागि प्रयास भइरहेको व्यवसायीहरूले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार