Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सार्वजनिक स्थलमा भद्दा मजाक नगर्न गृह मन्त्रालयको निर्देशन


    बिहिबार, माघ १३ २०७८
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक स्थलमा भद्दा मजाक नगर्न निर्देशन दिएको छ । सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करीको नाममा सर्वसाधारण व्यक्तिहरूलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिने, हैरानी पार्ने काम नगर्न मन्त्रालयले निर्देशन दिएको हो ।

    सर्वसाधारणमाथि मजाक गरेर गोप्य भिडियो बनाइ सार्वजनिक गर्ने गरेको गुनासो बढेको भन्दै मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । कुनै पनि व्यक्तिको सहमति बिना त्यस्ता क्रियाकलाप गर्ने व्यक्तिहरूलाई कानुनी कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

    272362682_631537957932191_4125859341033468617_n.jpg.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार