काठमाडौं। अनुमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो नखिच्न तथा तिनलाई सामाजिक सञ्जालमा नराख्न गृहमन्त्रालयले चेतावनी दिएको छ ।
मन्त्रालयले आज बिज्ञप्ति जारी गर्दै सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर खिचेर र ‘भिडियो’ बनाएर निजलाई जानकारी नै नदिई सहमतिबिना सामाजिक सञ्जालमा राखेमा जोसुकैलाई पनि प्रचलित कानूनबमोजिम कारवाही हुने जनाएको छ ।
सार्वजनिकस्थलमा ख्यालठट्टाका नाममा गोप्यरूपमा भिडियो तयार गरी तिनलाई सामाजिक सञ्जालमा राख्ने गरिएको गुनासो मन्त्रालयलाई प्राप्त भएकाले सर्वसाधारणलाई शारीरिक तथा मानसिक सास्ती दिनेजस्ता गतिविधि नगर्न गृहमन्त्रालयले सम्बद्ध सबैलाई सचेत गराएको छ ।
यस्तो छ गृहमन्त्रालयको बिज्ञप्ति बिस्तृतमा
