Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काेराेना न्यूनीकरणका लागि जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना


    बिहिबार, माघ १३ २०७८
    655
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जुम्ला । काेराेनाभाइरसकाे संक्रमण बढेसँगै जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना गरिएको  छ ।

    जिल्ला विपद व्यवस्थापन समितिको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय अगाडि हेल्प डेस्क स्थापना एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको हाे ।उक्त शिविरबाट कोरोनाको खोप लगाउन नपाएका नागरिकलाई खोप लगाउने, कोरोनाको शंका लागेका व्यक्तिलाई एन्टिजेन परीक्षण गर्ने गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटाले बताए ।  

    मास्क नलगाई हिँड्नेलाई लगाउन अनुरोध गर्दै मास्क दिने गरिएको छ । चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल र जिल्ला जनस्वास्थ्य सेवा कार्यालयको सहभागितामा एकीकृत हेल्प डेस्क स्थापना गरिएको छ । यो हेल्प डेस्कबाट नागरिकलाई खोप सेवा सजिलो बनाउन तथा कोरोना फैलावाट रोक्न आरडीटी परीक्षणसमेत सरु गरिएको प्रमुख जिल्ला अधिकारी विजया प्रसाईले बताइन् ।

    प्रजिअ प्रसाईले स्वास्थ्य सेवा सम्वन्धित सबै सरोकारवाला निकायले मिलेर जनशक्ति, स्वास्थ्य सामग्री परिचालन गरेर सेवा प्रवाह सुरु भएको जानकारी दिइन् । 

    चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका जनस्वाथ्य निरीक्षक क्षेत्रबहादुर महतले  कोरोनाबाट नागरिकलाई बचाउन हेल्प डेस्कको सुरुवात गरिएको बताए । उनले कोरोनाको खोप लिन छुटेका नागरिकलाई हेल्प डेस्कबाट सेवा लिन अनुरोध पनि गरे । काेराेनाकाे नयाँ भेरियन्ट ओमिक्राेन संक्रमण बढेपछि न्यूनीकरणका लागि अहिले जिल्लाभरि अतिरिक्त खोप लगाउन थालिएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार