Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘श्रीमानले झुक्काएर बिहे गरे, अहिले मेरो जिन्दगी बर्बाद भयो’


    बिहिबार, माघ १३ २०७८
    415
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडाैं । एक वर्षदेखि सम्पर्कविहीन भएका नेपाली श्रीमान खोज्दै भारतको चेन्नईदेखि एक भारतीय महिला दुई छोरीसहित बागलुङ आएकी छन्।

    सन् २००२ मा बागलुङ जिल्लाको जैमिनी नगरपालिका कुश्मिसेरा–१ टाहरास्थित प्रकाश शर्मासँग भारतमा विवाह गरेकी भारतीय नाम भानमोझी (नेपाली नाम मीना शर्मा) अहिले श्रीमानको खोजी र न्यायको लागि बागलुङ आएकी छन्। 

    भारतमा झुक्काएर विवाह गरेपछि भानमोझीले दुई छोरी गङ्गालक्ष्मी शर्मा र ऐश्वर्य शर्मालाई जन्म दिएकी छन्। अहिले जेठी छोरी १८ वर्ष र कान्छी छोरी १७ वर्षको भइसके।

    उनीसँग न त विवाह गरेको प्रमाणपत्र नै छ, न त नेपाली नागरिकताको प्रमाण पत्र नै।

    प्रहरी र  प्रशासनको सहयोगमा दुई छोरीको जन्मदर्ता र जेठी छोरीको नागरिकता बनाए पनि भानमोझीसँग विवाह दर्ता र श्रीमानको नाममा नागरिकता पाएका छैनन्।

    ‘श्रीमानले म अनाथ हो, भारतमा व्यवसाय छ भनेर मलाई झुक्काएर सन् २००२ मै भारतको चेन्नईमा विवाह गरेको थियो, त्यसपछि उसले आफ्नो ठाउँ-ठाउँमा व्यवसाय गर्ने भन्दै आउँदै फर्कंदै गर्ने गरेको पाइयो’, श्रीमती भानमोझीले भनिन्, ‘पछि बुझ्दै जाँदा त आफू बाहेक अन्य तीन जनासँग समेत विवाह गरिसकेको पत्ता लाग्यो, हामी यसअघि पनि उसको घर कुश्मिशेरामा आयौं, श्रीमानको बाबु आमाले उसलाई लुकाए, हामीलाई निकै दुःख दिएपछि पुनः भारत फर्केका थियौं।’

    ‘अहिले एक वर्षदेखि उहाँ सम्पर्कमा हुनुहुन्न, दुई छोरी र श्रीमानको साइली श्रीमतीकी छोरा समेत पाल्दै आएको छु, मेरो जिन्दगी त बर्बाद भयो, तर मेरो दुई छोरी र अर्की श्रीमतीको छोरालाई जन्मदर्ता र नागरिकता दिलाउनु छ, न्यायको लडाइँका लागि होटलमा काम गर्दै लडिरहेको छु, उनले थप भनिन्।

    श्रीमानले झूटो बोल्दै विवाह गर्दै छोराछोरी पाउँदै हिँडेको उनले बताइन्।

    उनले छोरीलाई पाल्न निकै समस्या भएको भन्दै छोरीहरूको राम्रो पढाइ भए पनि अहिले होटलमा काम गरेर गुजारा चलाउँदै आएको बताइन्।

    छोरी ऐश्वर्य शर्माले बाबाकै कारण पढाइबाट बञ्चित भएको जानकरी दिइन्।

    ‘बाबाले मम्मीलाई निकै दुःख दिनुभयो, अहिले एक व्यक्तिका कारण हाम्रो परिवार नै तहसनहस भएको छ’, छोरी ऐश्वर्य शर्माले भनिन,‘बाबाले आमा बाहेक अन्य तीन स्थानमा विवाह गरेको पत्ता लगाइयो, बागलुङमा हजुरबुबा पद्मनाथ शर्मालेसमेत हामीलाई यहाँ बस्न दिनुहुन्न, काम गरेर खानसमेत दिनुहुन्न, दिदी गङ्गालक्ष्मी शर्माले भारतमा ११ कक्षामा विज्ञान विषय लिएर अध्ययन गदागर्दै छोडेर अहिले बागलुङको एक होटलमा काम गर्नुहुन्छ, दिदीको डाक्टर बन्ने सपना थियो।’ 

    प्रकाश शर्माले भारतमा नै आफूबाहेक एक जनासँग विवाह गरेको र पुनः नेपालमा आएर सोममाया रेश्मी शर्मासँग विवाह गरेको विवाह दर्ता छ। पछि एक छोरा नन्दिश शर्मालाई जन्मदिएपछि उसलाई समेत छोडेको र अहिले भानमोझीले नै नन्दिश शर्मालाई पालनपोषण गर्दै आएकी छन्।

    नन्दिश अहिले ६ वर्षका छन्। दुई महिलासँग विवाह गरिसकेका प्रकाशको २०७३ साल जेठ २० गते तत्कालीन कुशिसेरा गाउँ विकास समितिको कार्यालयले सोममाया रेश्मी शर्मासँग सामाजिक परम्पराअन्तर्गत विवाह गरेको भन्दै विवाह दर्ता गरिदिएको छ। तर प्रकाशले अहिले पुनः नेपालमा अर्को विवाह गरेर छोरा जन्माएका छन्। 

    भानमोझीसँग प्रकाशले जन्माएको जेठी छोरी गङ्गालक्ष्मी शर्मालाई भने जिल्ला प्रशासन कार्यालयले २०७७ सालमा प्रकाशकै नामबाट नागरिकता दिएको छ। प्रकाशले पुनः अर्को विवाह गरी छोरा जन्माएको भानमोझीको भनाइ छ। अहिले आफ्नो, कान्छी छोरीको नागरिकता र आफूसँगै रहेको श्रीमानको साइली श्रीमतीको छोराको जन्मदर्ताको लागि लडिरहेको उनले बताइन्। 

    एक वर्षदेखि बागलुङको एक होटलमा काम गरेर उक्त परिवारले जीविका चलाउँदै आ उनुभएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार