Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • जिप दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते


    बिहिबार, माघ १३ २०७८
    390
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • इलाम । मेची राजमार्गअन्तर्गत इलामको रोङ गाउँपालिकामा बिहीबार भएकाे जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।  झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको जिप अनियन्त्रित भएर सडकबाट खस्दा दुई जनाको ज्यान गएको हो ।

    मृत्यु हुनेमा झापाको मेचीनगर नगरपालिका-४ का ५५ वर्षीय रमेश थापा र सोही स्थानका ४० वर्षीय सूर्यबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

    रोङ गाउँपालिका- ४ पहिरोमा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिएका छन् । दुर्घटनामा मेचीनगर नगरपालिका- ४ का ३३ वर्षीय चालक अर्जुन कोइराला घाइते भएका छन् । उनको झापास्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।


    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार