Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोभिड खोप नलगाएको भन्दै अस्पतालद्वारा विरामीको मुटु प्रत्यारोपण गर्न अस्वीकार


    बिहिबार, माघ १३ २०७८
    590
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । अमेरिकाको बोस्टनस्थित एक अस्पतालले कोभिड १९ विरुद्ध खोप नलगाएको भन्दै विरामीको मुटु प्रत्यारोपण गर्न अस्वीकार गरेको छ ।  प्रत्यारोपणका लागि विरामीमा कोभिडविरुद्ध खोप ‘आवश्यक’ भएको ब्रिघाम एन्ड ओमन्स हस्पिटलले एक विज्ञप्तिमा जनाएको छ ।

    विरामीका बाबु डेभिड फर्गुसनले अस्पतालले  मुटु प्रत्यारोपण कुरिरहेको विरामीको सूचीबाट आफ्ना ३१ वर्षीय छोराको नाम हटाएको सीएनएनलाई बताएका छन् । 

    यसअघि प्रत्यारोपणको सूचीमा रहेका ती व्यक्तिले कोभिड खोप लगाउन अस्वीकार गरेका थिए । ‘खोप उसकोे आधारभूत सिद्धान्त विपरित थियो । उसले खोपमा विश्वास नै गरेन,’ फर्गुसनले भने ।

    प्रत्यारोपणका लागि विरामीले कोभिड १९ खोपसहित अमेरिकाको रोग नियन्त्रण तथा उन्मुलन केन्द्र, सीडीसीले सिफारिस गरेको खोप लगाउनुपर्ने अस्पतालको विज्ञप्तिमा उल्लेख छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार