Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कीर्तिपुर नगरपालिका भवनभित्र एक पुरूष मृत फेला


    बिहिबार, माघ १३ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बिहीबार बिहान कीर्तिपुर नगरपालिकाको भवनमा एक पुरूष मृत फेला परेका छन् ।

    महानगरीय प्रहरी वृत्त कीर्तिपुरका अनुसार रामेछापको मन्थली नगरपालिका-१२ घर भई काठमाडौं बस्दै आएका अन्दाजी ३६ वर्षीय शंकर खत्री नगरपालिकाको भवनमा मृत फेला परेका हसन् ।

    कीर्तिपुर नगरपालिका-१० स्थित नगरपालिकाको नयाँ भवनमा रंगरोगनको काम गर्दे उनी त्यहीँ भवनको पाँचौ तलामा  बस्दै आएको स्राेतले बताएकाे छ ।

    गएराति खाना खाएर चुकुल लगाएर सुतेका उनी कोठामा सुतिरहेकै अवस्थामा मृत फेला परेका हुन् ।

    बिहीबार बिहान अरू साथीले उनलाई उठाउन खोजेका थिए । तर उनी अबेरसम्म पनि नउठेपछि प्रहरीलाई बोलाइएका थिए । 

    प्रहरीलाई बोलाएर भेन्टिलेटर काटेर हेर्दा खत्री मृत अवस्थामा फेला परेका हुन्। प्रहरीले उनको मृत्युको कारण खुलिसकेको छैन।

    उनकाे शव उठाउन उनका आफन्तलाई कुरिरहेको प्रहरी बताएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार