Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गुगलका सीइओ सुन्दर पिचाईसहित ६ अधिकारीविरुद्ध मुद्दा


    बिहिबार, माघ १३ २०७८
    610
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । मुम्बई प्रहरीले गुगलका सीइओ सुन्दर पिचाईसहित कम्पनीका ६ जनाविरुद्ध प्रतिलिपि अधिकार एन उल्लंघको मुद्दा दायर गरेको छ । ‘अदालतको आदेशमा गुगलका सीईओ सुन्दर पिचाई र कम्पनीका अन्य पाँच जना अधिकारीविरुद्ध प्रतिलिपि अधिकार ऐन उल्लंघनको आरोपमा मुद्दा दायर गरिएको छ,’ मुम्बई प्रहरीले भनेको छ ।

    भारतीय समाचार एजेन्सी एनडीटीभीका अनुसार फिल्म निर्देशक सुनिल दर्शनले दिएको उजुरीका आधारमा मुम्बई प्रहरीले मुद्दा हालेको हो । गुगलले आफ्नो अनुमतिबिना नै अनधिकृत व्यक्तिलाई ‘एक हसिना थी एक दिवाना थी’ फिल्म युट्युबमा राख्न अनुमति दिएको दर्शनको उजुरीमा उल्लेख छ ।

    भारतीय मूलका अमेरिकी पिचाई भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा बुधबार पद्म भूषणबाट सम्मानित भएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार