Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपत्यकाका प्रशासनहरूले जारी गरेको आदेशबारे समीक्षा गर्दै सिडिओ


    बिहिबार, माघ १३ २०७८
    535
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न काठमाडौं उपत्यकामा प्रशासन कार्यालयले जारी गरेको आदेशबारे समीक्षा हुने भएकाे छ ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार शुक्रबार उपत्यकामा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू बैठक बसेर आदेशबारे समीक्षा गर्ने भएका हुन् ।

    कोरोनाको संक्रमणलाई नियन्त्रण गर्न उपत्यकामा प्रशासन कार्यालयले जोर-बिजोर प्रणाली लागु गरेपनि सार्वजनिक सवारी साधनमा यात्रुहरूको भीडभाड लागेको भन्दै गुनासोहरू आइरहेकाले प्रमुख जिल्ला अधिकारीहरूले यसबारे समीक्षा गर्न लागेका हुन् ।

    ‘यसबारेमा मिश्रित प्रतिक्रियाहरू आएका छन्। कसैले यसले भीडभाड बढाएको भनेका छन्। कतिले यसले अनावश्यक रूपमा हिँडडुल गर्ने कम भएको पनि भनेका छन्,’ रिजालले भने,‘हामी पनि अनुगमन गर्दैछौं।’ 

    यस्तै, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यक्षले पनि भोलिसम्ममा अर्को आदेश जारी गर्ने बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार