Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • माघ १८ देखि भूमि आयोगले चितवनमा काम गर्ने


    बिहिबार, माघ १३ २०७८
    730
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • चितवन । राष्ट्रिय भूमि आयोग चितवनले यही माघ १८ गतेदेखि लालपुर्जा वितरणको प्रक्रिया सुरू गर्ने भएको छ।

    आयोगले गत साता जिल्लाका माओवादी पार्टीका नेता बद्री तिमिल्सिनालाई अध्यक्ष बनाएसँगै काम अघि बढाउन लागिएको हो। आयोगले भरतपुर महानगरपालिका-१४ सहित ६ वटा वडाबाट काम सुरू गर्न लागेको हो। 

    सबै वडामा ६ जनाका दरले प्राविधिकसहित आवश्यक जनशक्ति परिचालन हुने अध्यक्ष तिमिल्सिनाको भनाइ छ।

    स्थानीय निकाय र सरोकारवालाको उपस्थितिमा स्याटेलाइटसहितका आवश्यक प्रविधि जुटाएर कामलाई तीव्रता दिइने उनले जानकारी दिए।

    भरतपुर महानगरपालिकामा मात्र १० हजार २९ जना दलित भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेले लालपुर्जाको माग गर्दै निवेदन दिएका छन्।  

    महानगरबाट काम थालेसँगै कालिका नगरपालिका र माडी नगरपालिकाले सरकारसँग सम्झौता गरिसकेकाले ती पालिकामा पनि तत्काल काम अघि बढ्ने उनले बताए। 

    काम सुरू गर्नुअघि सम्बन्धित वडामा सहजीकरण समितिमार्फत सार्वजनिक सुनुवाइसमेत गर्ने तिमिल्सिनाले बताए। 

    तत्कालीन जिल्ला विकास समितिका उपसभापतिसमेत भइसेकका भएका तिमिल्सिनाले आफूलाई जिल्लाको सबै भूगोल र अवस्थाको बारेमा जानकारी भएकाले वास्तविक भूमिहीनलाई जग्गा दिलाएरै छाड्ने दाबी गरे। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार