Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वैशाखमा निर्वाचन गराउनैपर्ने अडान राख्दै निर्वाचन आयोगले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने


    बिहिबार, माघ १३ २०७८
    495
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गराउनैपर्ने अडान राख्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराउने भएको छ ।

    यसै साता विज्ञप्तिसमेत जारी गरेर वैशाखभित्रै स्थानीय तहको चुनाव गर्न दबाब दिइसकेको आयोगले प्रधानमन्त्री देउवालाई भेटेर ध्यानाकर्षण गराउने भएको हाे ।

    निर्वाचन आयोगका एक अधिकारीका अनुसार समय मिल्यो भने आजै आयोगका पदाधिकारीहरूले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने छन् ।  ’

    निर्वाचन आयोगले यसअघि वैशाख १४ र २२ गतेका लागि स्थानीय तहको चुनाव गर्ने मिति सरकारलाई प्रस्ताव गरेको थियो । त्यसपछि जारी विज्ञप्तिमा १२० दिन अगावै मिति तोकिनुपर्ने भन्दै वैशाखभित्रै गर्ने गरी मिति तोक्न भनिएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवा आगामी वैशाखमै स्थानीय तहको चुनाव गर्नुपर्ने चर्को दबाबमा छन् । तर, उनलाई गठबन्धन दलका नेता प्रचण्ड, माधव नेपाल लगायतले स्थानीय चुनाव वैशाखमा नगर्न दबाब दिइरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार