काठमाडाैं । काठमाडौंको शंखरापुर नगरपालिका-३ मा गएराति निसास्सिएर दम्पतीको मृत्यु भएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार ५२ वर्षीय पदमबहादुर थिङ र ४५ वर्षीया फूलकुमारी थिङकोको मृत्यु भएको हो ।
उनीहरू आफू बसेको घरको कोठामा मृत अवस्थामा फेला परेको र निसास्सिएर मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ।
घटनाबारे अनुसन्धान गर्न महानगरीय प्रहरी प्रभाग साँखु र महानगरीय प्रहरी वृत्त बौदधको टोली पुगेको छ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी नै रहेको छ ।