Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मस्कको स्पेसएक्स कम्पनीले पठाएको रकेट अन्तरिक्षमा अनियन्त्रित, चन्द्रमामा बिस्फोटको जोखिम बढ्यो


    बिहिबार, माघ १३ २०७८
    880
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • न्युयोर्क । अमेरिकी विद्युती गाडी कम्पनी टेस्लाका मालिक एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा  पठाएको रकेट अनियन्त्रित भई चन्द्रमामा दुर्घटना र बिस्फोट हुने अवस्थामा रहेको विवरणहरु सार्वजनिक भएका छन् । 

    स्पेसएक्सले पठाएको फाल्कन (बुस्टर) सन् २०१५ मा अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो । तर, आफ्नो मिसन पुरा गरेपछि पृथ्वीमा फर्किन  पर्याप्त इन्धन नभएपछि सो क्षेप्यास्त्र अन्तरिक्षमै रहेको थियो ।

    फाल्कन (चन्द्रमा)मा ठोकिने पहिलो अनियन्त्रित क्षेप्यास्त्र हुने अन्तरिक्ष यात्री जोनाथान म्याकडोवेलले बीबीसीलाई बताए । तर, यसको असर भने सानो हुने उनको भनाई छ । 

    स्पेस वेदर स्याटलाइटलाई पठाउने आफ्नो मिसन पुरा गरेपछि क्षेप्यास्त्रलाई सात वर्षअघि उच्च अक्षमा छोडिएको थियो । मस्कको अन्तरिक्ष अनुसन्धान कार्यक्रम स्पेसएक्सअन्तर्गत सो रकेट आफ्नो मिसनमा थियो ।

    अन्तरिक्षमा मानिहरुको सम्भावित बसोबासबारे मस्को सो कम्पनीले अध्ययन गरिरहेको छ ।

    सन् २०१५ देखि सो क्षेप्यास्त्रलाई पृथ्वी, चन्द्रमा र सूर्यको विभिन्न गुरुत्वाकर्षण शक्तिले तानेकोले उसको मार्गलाई झनै अनियन्त्रित बनाएको अमेरिकास्थित हार्वड स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सका प्राध्यापकसमेत रहेका म्याकडोवेल बताउँछन् । एजेन्सी
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार