काठमाडौं, २ चैत । कम्पनी रजिष्टार कार्यालयका तत्कालीन उपरजिष्टार (उपसचिव) लालबाबु कवारीले विशेष अदालतबाट भ्रष्टाचार मुद्दा जितेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उपरजिष्टार कवारी र उनीसँगै चार्टर्ड एकाउन्टेन्ट भानु कँडेलविरुद्ध २० लाख रूपैयाँ घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
कवारीसँगै चार्टर्ड एकाउन्टेन्ट कँडेलले पनि सो मुद्दामा सफाइ पाएका छन् । झण्डै ६ वर्षपछि यी दुईले अदालतबाट सफाइ पाउन सफल भएका हुन् । अख्तियारले गरेको अनुसन्धानका क्रममा उपरजिष्ट्रार कवारीले ५ लाख घूस लिएको र भानु कँडेलले प्रतिवेदन संशोधन गरेवापत कलेजका निवेदक डा. हरिशचन्द्र न्यौपाने र सुनिल पौडेलसँग १५ लाख रूपैयाँ घूस लिएको आरोप लगाएको थियो । अनुसन्धानका क्रममा दुवै जनाले कलेजलाई घुस दिन बाध्य पारेको समेत अख्तियारको दावी थियो । आयोगले भ्रष्टाचार पुष्टि भएलगत्तै दुवै जनालाई भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही गर्न विशेष अदालतमा आरोपपत्र २०७० असोज १३ गते दायर गरेको थियो ।
आरोपपत्रमा भ्रष्टाचारमा संलग्नहरूमध्ये उप–रजिष्टार लालबाबु कवारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ ९१० बमोजिमको कसुरमा सोही ऐनको दफा ३९१० तथा ३९१० को देहाय ९घ० र चार्टर्ड एकाउन्टेन्ट भानु कडेलको हकमा सोही ऐनको दफा ३९२० बमोजिमको कसुरमा सोही ऐनको दफा ३९१० तथा ३९१०९च० बमोजिम सजाय हुन मागदावी गरिएको थियो । आयोगमा केही समयअघि कलेजका तत्कालीन अध्यक्ष तथा प्रबन्ध सञ्चालक डा. हरिशचन्द्र न्यौपानेसँग कम्पनी रजिष्टार कार्यालयका उप–रजिष्टार लालबाबु कवारी तथा चाटर्ड एकाउन्टेन्ट भानु कडेलसमेतले दुईथरी प्रतिवेदन देखाई घूस माग गरी २० लाख दिन बाध्य पारेको उजुरी परेको थियो । सोही उजुरीका आधारमा गरेको अनुसन्धानले कवारी र कँडेललाई आयोगले विपक्षी बनाई विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
विशेषबाट भएको आदेशबिरुद्ध उपसचिव कवारी सर्वोच्च अदालतमा पुनरावेदनमा गएका थिए । गएको मंसिर २४ गते सर्वोच्च अदालतका न्यायाधीशद्धय तेजबहादुर केसी र डम्बरबहादुर शाहीको संयुक्त ईजलासले विशेष अदालतको फैसला उल्टी गर्दै भ्रष्टाचार अभियोग दावी नठहर्ने फैसला सुनाएको हो ।