जुम्ला । तातोपानी गाउँपालिकाका विपन्न परिवारलाई गाउँपालिकाले स्वास्थ्य बिमा गर्न थालेको छ । जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत पालिका भरीका विपन्नलाई लक्षित गरी यो कार्यक्रम लागू गरिएको हो । अध्यक्ष न्यौपानेले अध्यक्ष कार्यक्रमअन्तर्गत प्रत्येक वडामा एक लाखका दरले बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले बताए । उनले भने, ‘विपन्न नागरिकका लागी यो कार्यक्रम निकै फलदायी र उपलब्धिमूलक हुने भएको छ ।’
त्यस्तै गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले स्वास्थ्य बिमा गर्न नसक्ने विपन्न नागरिकको जीवन रक्षा गर्न जनतासँग अध्यक्ष कार्यक्रम राखिएको हो ।
यसअघि गाउँपालिकामा बिरामी भए भनेर रकम माग गर्न आउने विपन्नहरूलाई एक लाखको स्वास्थ्य उपचार पाएर कार्यक्रमबाट लाभान्वित हुने छन् ।
गाउँपालिकाले वडामा अतिविपन्नलाई तीन हजार पाँच सय र केही अनुदान गर्न सक्नेलाई दुई हजारको दरले सहयोग गरेर स्वास्थ्य बिमा गर्ने लक्ष्य लिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल भएकाले स्वास्थ्य बिमाबाट लाभ लिने नागरिक बढ्दै आएका छन् ।
तातोपानी गाउँपालिका वडा नम्बर ३ का बिमा अभिकर्ता रेवती रावलले गाउँपालिका जनता सँग अध्यक्ष कार्यक्रम अन्तरगत वडा नम्बर ३ मा मात्रै करिब ५० जना विपन्न नागरिकको जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत नि:शुल्क स्वास्थ्य बिमा गरिएको जानकारी दिए । करिब चार सय विपन्न नागरिकलाई स्वास्थ्य बिमा गर्न सकिने गाउँपालिकाको लक्ष्य रहेको छ ।