Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आधिकारिक ट्रेड युनियन अर्घाखाँचीको अध्यक्षमा बर्मा


    बुधबार, माघ १२ २०७८
    530
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अर्घाखाँची । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन अर्घाखाँचीको अध्यक्षमा कृष्ण बर्मा चयन भएका छन् । 

    अध्यक्ष झविन्द्र खनाल उपसचिवमा बढुवा भएसँगै रिक्त भएको पदमा निजामती कर्मचारी युनियन अर्घाखाँचीले बर्माको नाम सिफारिस गरेपछि बर्माले आज नै पदभार ग्रहण गरेका हुन् । आज नै पूर्व अध्यक्ष खनाललाई औपचारिक विदायीसमेत गरिएको छ ।

    त्यस्तै नेपाल निजामती कर्मचारी संगठनबाट सिफारिस भएका हरिप्रसाद डुम्रेले उपाध्यक्षमा र युनियनबाटै सदस्यमा सिफारिस भएका नारायण दमासेले पनि आज नै पदभार ग्रहण गरेका छन् ।

    पदभार ग्रहण गर्दै अध्यक्ष बर्माले निजामती कर्मचारीहरूको हक हितमा रहँदै अधिकतम रचनात्मक कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

    इमानदार शालीन अनि भद्र व्यक्तित्व खनालको नेतृत्वमा युनियनले जिल्लामा निकै उदाहरणीय काम गर्न सफल भएको थियो । खनालले करिब १ वर्ष आधिकारिक ट्रेड युनियन अर्घाखाँचीको नेतृत्व गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार