Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतकाे ७३ औं गणतन्त्र दिवस: गुगल र माइक्रोसफ्टका सीइओ पद्म भूषणबाट सम्मानित


    बुधबार, माघ १२ २०७८
    535
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । भारतले विश्व प्रसिद्ध सर्च इन्जिन गुगलका सीइओ सुन्दर पिचाई र माइक्रोसफ्टका कार्यकारी अध्यक्ष तथा सीइओ सत्य नाडेलालाई पद्म भूषणले सम्मान गरेको छ । पद्म भूषण भारत रत्न र पद्म विभूषणपछिको भारतको तेस्रो ठूलो सम्मान हो । 

    ७३ औं गणतन्त्र दिवसको अवसरमा उनीहरुलाई सो सम्मान दिइएको हो । व्यापार र उद्योग श्रेणी अन्तर्गत उनीहरुलाई सो सम्मान दिइएको हो । उनीहरु दुबै भारतीय मूलका अमेरिकी व्यवसायी हुन् ।  मद्रासमा १० जुन १९७२ मा जन्मिएका  पिचाईले पश्चिम वंगालको औधोगिक सहर खड्पुरको इन्डियन इन्स्टिच्युटबाट स्नातकोत्तर गरेका हुन् ।

    त्यस्तै,माइक्रोसफ्टका कार्यकारी अध्यक्ष तथा सीइओ नाडेलको जन्म सन् १९६७ को १९ अगस्टमा हैदराबादमा भएको थियो । सरकारले यस पटक ४ जनालाई पद्म विभूषण, १७ जनालाई पद्म भूषण र १०७ जनालाई पद्म श्री पुरस्कारबाट सम्मान गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार