Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रिय सभा निर्वाचन: मतदान जारी रहेका बेला जनकपुरधाममा प्रहरी र सिके राउतका कार्यकर्ताबीच झडप


    बुधबार, माघ १२ २०७८
    740
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जनकपुरधाम । राष्ट्रिय सभा सदस्यको १९ सिटका लागि देशभर मतदान भइरहेको छ । बिहान ९ बजेदेखि मतदान सुरु भएको छ । तर, जनकपुरधाममा भने मतदान भइरहेका बेला सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । 

    यो समाचार तयार पार्दासम्म ३७२ मतदाता रहेका मधेश प्रदेशको जनकपुरधाममा भएको मतदानमा १०८ जनाले मतदान गरिसकेका छन् । महेन्द्रनारायण निधि भवनमा मतदान भइरहेको छ । 

    तर, मतदान स्थलमा  जनमत पार्टीका कार्यकर्ताहरु प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको छ । स्थिति नियन्त्रणमा लिन  प्रहरीले अहिलेसम्म  पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको छ ।

    जनकपुरधामका विभिन्न ठाउँमा जनमत पार्टीका कार्यकर्ताहरुले प्रदर्शन जारी राखेका छन् । जनमत पार्टीका कार्यकर्ताहरुले बिहानैदेखि ‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनकपुरका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका छन् । 

    उनीहरुले मधेश विगत एक महिनादेखि आन्दोलित रहे पनि माग पूरा गर्न चासो नदेखाएको र मधेसमा आएर निर्वाचन गरिरहेकाले विरोध गरेको जनाएको छ।

    272184011_665079694642403_2237656100366163058_n.jpg271543297_3204052096491134_6647683446674557639_n.jpgvataliyer-pradarsan.jpgjhadapa.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार