Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • जनगणनाको प्रारम्भिक नतिजा आज सार्वजनिक गरिँदै


    बुधबार, माघ १२ २०७८
    720
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक नतिजा आज बुधबार सार्वजनिक गरिँदैछ ।

    केन्द्रीय तथ्यांक विभागले आज भर्चुअल पत्रकार सम्मेलन गरी गत मंसिरमा सम्पन्न जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गर्न लागेको हो ।

    जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म भएको थियो परिवार संख्या, महिला र पुरुषसहित जम्मा जनसंख्या कति र  विदेशमा रहेकाको संख्या आज सार्वजनिक हुन लागेको हो । 

    विभागका उपनिर्देशक हेमराज रेग्मीका अनुसार आठदेखि नौ महिनामा विस्तृत नतिजा सार्वजनिक हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार