Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अर्घाखाँचीमा सक्रिय कोरोना संक्रमितको संख्या २ सय नाघ्यो 


    बुधबार, माघ १२ २०७८
    470
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अर्घाखाँची। अर्घाखाँचीमा कोरोना भाइरसकाे सक्रिय संक्रमितको संख्या दुई सय नाघेको छ ।

    मंगलबार ३१ जनामा संक्रमण पुष्टि भएसँगै अर्घाखाँचीमा सक्रिय  संक्रमितको संख्या २ सय १६ पुगेको हो ।

    सन्धिखर्क नगरापालिकामा १४, भूमिकास्थानमा ६, मालारानी गाउँपालिकामा १, शितगंगा नगरपालिकामा ७ र पणिनी गाउँपालिकामा ३ जना नयाँ संक्रमित थपिएका हुन् ।

    यससँगै अर्घाखाँची जिल्लामा हालसम्म संक्रमित हुनेको संख्या ४ हजार ७ सय ४२ पुगेको छ । काेराेनाबाट हालसम्म अर्घाखाँचीमा ९१ जनाले ज्यान गुमाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार