Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतमा गणतन्त्र दिवस मनाइदै


    बुधबार, माघ १२ २०७८
    830
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी। आज २६ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

    गुजरातको विनाशकारी भूकम्प
    आज अर्थात २६ जनवरीमा भारतको गुजरात राज्यमा विनाशकारी भूकम्प गएको थियो । भूकम्पमा २० हजार जनाको ज्यान जानुका साथै एक लाख ६० हजार जना घाईते भएका थिए । गुजरात भूकम्पका कारण अबौंको क्षति भएको थियो । 

    क्लिन्टन–मोनिका सम्बन्ध
    सन् १९९८ अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनमाथि आफ्नै कार्यलयकी कर्मचारी मोनिका लेवेन्स्कीले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । २६ जनवरीमा क्लिन्टनले एक विज्ञप्ति सार्वजनिक गरेर आफूमाथि लगाइएका आरोप निराधार भएको दाबी गरेका थिए । तर, क्लिन्टनको भुटो  विवरण लामो समय टिक्न सकेन । सोही वर्षको १७ अगस्टमा क्लिन्टनले मोनिकासँग आफ्नो अनुचित सम्बन्ध रहेको स्वीकारेका थिए ।

    भारतमा गणतन्त्र दिवस 
    विश्वकै दोस्रो ठूलो जनसंख्या भएको देश भारत सन् १९५० मा स्वतन्त्र भएको थियो । २६ जनवरीेदेखि भारतको संविधान कार्यान्वयनमा आएको थियो । आजकै दिन भारतले गणतन्त्र दिवस मनाउछ ।

    अफ्रिकामा अहिलेसम्मकै ठूलो डायमन्ड फेला परेको दिन
    सन् १९०५ मा विश्वकै सबैभन्दा ठूलो हिरा दक्षिण अफ्रिकामा फेला परेको थियो । ३१०६ दशमलब ७५ क्यारेटको सो डायमन्डको मूल्य दुई अर्ब अमेरिकी डलर भएको अनुमान गरिएको थियो ।

    अस्ट्रेलिया बस्ने पहिलो युरोपेली टोली
    सन् १९७८ देखि अस्ट्रेलियामा पहिलो पटक युरोपेली बस्न सुरु गरेका थिए । जसअन्तर्गत २६ जनवरीमा ब्रिटीशको पहिलो टोली सिड्नी वन्दरगाहमा बस्न थालेको थियो । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार