चैत २, काठमाडौं । नोवल कोरोना (कोभिड–१९) भाइरसबाट संक्रमित व्यक्ति चीनको तुलनामा इटालीमा बढी देखिएको छ । हालसम्म चीनको तुलनामा इटालीमा करिव ७ हजार वढी व्यक्तिमा सक्रमण रहेको पुष्टि भएको छ । पछिल्लो तथ्यांकानुसार हाल चीनमा १० हजार ७ सय ७३ जनामा कोरोनाको सक्रमण रहेका भेटिएको छ भने इटालीमा १७ हजार ७५० संक्रमित छन् ।
कोरोना चीनबाट फैलिएतापनि स्वास्थ्यलाभ गर्ने दर अत्यधिक भएपछि संक्रमितको संख्या घटेको हो । चीनमा कुल ८० हजार ८४४ संक्रमितमध्ये ६६ हजार ९१२ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा चीनमा जम्मा २० नयाँ संक्रमित देखिएको छ ।
कोरोनाका कारण इटलीमा १ हजार ४४१ ज्नाले कोरोनाका कारण ज्यान गुमाएका छन् । इटलीका २१ हजार १५७ संक्रमितमध्ये जम्मा १ हजार ९६६ जना निको भएका छन् ।
एजेन्सीका अनुसार १ सय ५० देशमा कुल ७४ हजार ९५८ जनामा मात्रै यसको संक्रमण बाँकी छ । उनीहरू ६९ हजारभन्दा बढीको अवस्था सामान्य रहेका छन् ।
कोरोना देखिएका १ एक लाख ५६ हजार ७३० मध्ये ७५ हजार ९३३ जना निको भइसकेका छन् । कोरोनाबाट ५ हजार ८३९ जनाको ज्यान गएको छ ।