Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कालिमाटी प्रहरी बृत्तबाट थुनुवा भागे, डीएसपीद्वारा घटना गुपचुप


    मंगलबार, माघ ११ २०७८
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौ । प्रहरी बृत्त कालिमाटीबाट एक थुनुवा भागेका छन् । 

    घटना ४ दिनअघिको सरसफाइ गर्न निकाल्ने क्रममा ती थुनुवा भागेका हुन् । भागेका थुनुवाको नाम भने थाहा हुन सकेको छैन ।

    थुनुवा भागेको कुरा बृत्त प्रमुख डीएसपी अनिल घिमिरेले गुपचुप राखेका छन । थुनुवा भागेको कुरा डीएसपी घिमिरेले काठमाडौ प्रहरी परिसरमा समेत जानकारी दिएका छैनन् ।

    एमाले नेता पार्वत गुरुङलाई मामा ससुराको नाता लाउने डीएसपी घिमिरे प्रधानमन्त्री शेरबहादुर देउवाको सोर्स लगाएर कालिमाटी सरुवा भएका हुन् । थुनुवा भागेको विषयमा डीएसपी घिमिरेले भने, भागेको छैन । कुनै थुनुवा यहाँबाट भागेको छैन । 

    महानगरीय प्रहरी कार्यालय रानीपोखरीले थुनुवा भागेको बिषयमा अनुसन्धान गरिरहेको स्रोतले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार