Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विद्युत भोल्टेज नपुग्दा अक्सिजन प्लान्ट संचालनमा समस्या


    मंगलबार, माघ ११ २०७८
    2.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जाजरकोट । स्वास्थ्य सेवा कार्यालयमा जडान गरेकाे अक्सिजन प्लान्टमा विद्युत भोल्टेज नपुग्दा संचालनमा समस्या भएकाे छ ।  ३०० केभिएको विद्युत पावर आवश्यकता पर्ने भएकाले कार्यालयकाे प्लान्ट सञ्चालनमा समस्या भएको हो ।

    स्वास्थ्य सेवा कार्यालयले नेपाल विद्युत प्राधिकरण जाजरकोट वितरण केन्द्रमा क्षमता बढाउन पत्राचार गरिसकेको कार्यालय प्रमुख टिकाराम जैसीले बताए  । क्षमता विस्तार गर्नका लागि १० लाख बराबरको खर्चको स्टिमेट आएको जैसीले बताए ।

    नेपाल विद्युत प्राधिकरणले भने ५० सैय्याकाे अस्पताल निर्माण भइरहेकाले पटकपटक क्षमता विस्तार गर्नुभन्दा पछि एकै पटक काम गर्न आग्रह गरिरहकाे छ । स्वास्थ्य सेवा कार्यालयमा जेनेरेटर भए पनि जेनेटरको पावरले समेत अक्सिजन प्लान्ट संचालमा समस्या आइरहेकाे छ । थप समस्या आउने डरले जेनेरेटर प्रयोग नगरेको कार्यालय प्रमुख जैसीले बताए । कोभिड महामारी फैलिएको समयमा प्लान्टलाई सञ्चालन प्रभावकारी बनाउ पहल जारी राखेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बताए । 

    विद्युतको समस्या छिट्टै समाधान हुने विद्युत प्राधिकरणले बताएको छ । जाजरकोटमा अहिले ११ केभी प्रसारण लाइनको विद्युत सञ्चालनमा रहेको छ । १३२ केभी प्रसारण लाइनका लागि कोहलपुर हुँदै सुर्खेतसम्म काम भइरहेको छ । उताको काम सम्पन्न हुन बित्तिकै जाजरकोट खण्डको काम हुनेछ । १३२ केभी प्रसारण लाइनका लागि मेहलकुनामा सव स्टेशन निर्माण कार्य समेत बाँकी रहेको छ । यो प्रसारण लाइन निर्माण भएमा मात्र फुलफेजमा काम हुनेछ ।  जाजरकोट भएर रुकुम पश्चिममा विद्युत सेवा प्रवाह हुँदै आएको छ । जाजरकोट हुँदै डोल्पा लिनुपर्ने कामको वातारणीय प्रभाव मुल्यांकनको काम समेत भइरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार