Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देवदहको घोडाहा जंगलमा दुईजनाको शव भेटियो, हत्याकाे आशंका


    मंगलबार, माघ ११ २०७८
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । रुपन्देहीको देवदह नगरपालिकाको घोडाहा जंगलमा एक महिला र एक बालिकाको शव भेटिएको छ ।

    एक अधवैंशे महिला र अन्दाजी ७ वर्षीया बालिकाको शव पुर्वपश्चिम राजमार्गको छेउ जंगलमा मंगलबार दिउँसो भेटिएको हो ।

    शवको प्रकृति हेर्दा बालिकाको घांटी रेटेर हत्या गरेर फालिएको हुन सक्ने इलाका प्रहरी कार्यालय देवदहका प्रमुख प्रहरी निरीक्षक गंगा सारुले जानकारी दिए ।

    शबको पहिचान हुन नसकेको र घटनाको अनुसन्धान भइरहेको उनले बताए । उनीहरु आमाछोरी हुन सक्ने प्रहरीको अनुमान छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार