Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तीन देशमा एकैचोटी गयो बिजुली


    मंगलबार, माघ ११ २०७८
    595
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । मंगलबार तीन वटा मध्य एसियाली मुलुकहरूमा एकैचोटी बिजुली गएको छ।

    समाचार संस्था रोयटर्सका अनुसार उज्बेकस्तान, कजाखस्तान र किर्गिजस्तानका विभिन्न सहरमा मंगलबार बिजुली अवरूद्ध भएको हो।

    पूर्वसोभियत युनियनका सदस्य यी तीन मुलुकको विद्युत प्रणाली आपसमा जोडिएको छ। कजाखस्तान हुँदै बिजुलीको लाइन रूससँग मिसिएको छ।  आफ्नो देशको बिजुलीले नपुगेका बेला यी मुलुकले रूसबाट बिजुली ल्याउने गरेका छन्।

    मंगलबार उत्तरी कजाखस्तानमा लाइन अचानक असन्तुलित भएपछि विद्युत प्रसारण अवरूद्ध भएको थियो।

    बिजुली अवरूद्ध भएपछि किर्गिजस्तान र उज्बेकस्तानले पावर प्लान्टहरू चलाएर बिजुली आपूर्ति गर्ने तयारी गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार