Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुदूरपश्चिमका चारजनामा ओमिक्रोन पुष्टि, तर कहाँ छन् पत्तो छैन


    मंगलबार, माघ ११ २०७८
    580
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • धनगढी । सुदूरपश्चिमका चारजनामा ओमिक्रोन भेरियन्टको संक्रमण भएको पुष्टि भएको छ ।

    १६ दिनअघि गौरिफन्टा नाका हुँदै भारतबाट नेपाल आएका चारजनामा कोरोना संक्रमण पुष्टि भएको थियो । थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाव पठाइएकोमा मंगलबार मात्रै ओमिक्रोन पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीका अनुसार कञ्चनपुरका दुई, बझाङ र डोटीका एक÷एकजनामा ओमिक्रोन भेरियन्टको संक्रमण संक्रमण पुष्टि भएको हो । कार्कीका अनुसार कञ्चनपुरको दोधराचाँदनी नगरपालिकाका ४२ वर्षीय पुरुष, पुनर्वासका २९ वर्षीय पुरुष, डोटीको पूर्वीचौकीका ४८ वर्षीय पुरुष र बझाङको विथ्थडचिरका ३३ वर्षीय पुरुषमा ओमिक्रोनको संक्रमण पुष्टि भएको हो ।

    चारैजनाको अहिले खोजी भइरहेको प्रवक्ता कार्कीले बताए । ‘गौरिफण्न्टा नाकामा १६ दिनअघि कोरोना पुष्टि भएका उनीहरूले होम आइसोलेसन रोजेपछि घर जान दिइएको थियो,’ उनले भने, ‘तर उनीहरू अहिले कुन अवस्थामा कहाँ छन् भन्ने एकिन छैन, स्थानीय तहको समन्वयमा खोजीकार्य भइरहेको छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार