Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जुम्ला ६ हजार मेट्रिक टन स्याउ उत्पादन


    मंगलबार, माघ ११ २०७८
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जुम्ला । जुम्लामा यसवर्ष जिलामा ६ हजार १७० मेट्रिक टनभन्दा बढी स्याउ उत्पादन भएको छ । स्याउ उत्पादनको तथ्याङ्क गत वर्षभन्दा यो वर्ष १९ प्रतिशतले घटेको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

    आर्थिक वर्ष २०७८/७९ मा ६ हजार १७० मेट्रिक टन स्याउ उत्पादन भएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा ६ हजार २१० मेट्रिक टन स्याउ उत्पादन भएको कार्यालयले जनाएको छ । जिल्लको कूल खेतीयोग्य जमिन ३९ हजार ४३५ हेक्टर छ । यसको चार हेक्टर जमिनमा गरिएको स्याउखेतीमध्ये एक हजार ८८८ हेक्टरमा मात्रै स्याउ फलेको थियो ।

    गत आव. २०७७/७८ मा तीन हजार ८८५ हेक्टर जमिनमा गरिएको स्याउ खेतीमध्ये एक हजार ५५४ हेक्टर जमिनमा स्याउ उत्पादन भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । यस वर्ष जिल्लाबाट एकहजार ९०० क्विन्टल निर्यात भएको कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार