Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मौसममा सुधार आउन केही दिन लाग्छ: मौसम पूर्वानुमान महाशाखा


    मंगलबार, माघ ११ २०७८
    600
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    देशको पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ।
        
    राजधानी काठमाडौंमा बिहान अबेर आकाश केही खुलेर घाम लागेको भए पनि अहिले आंशिक बदली रहेको छ।

    महाशाखाका मौसमविद्को भनाइमा मौसम हिजोका दिनमा भन्दा आज तुलनात्मक सुधार आएको छ।

    पूर्णरूपमा सुधार हुन अझै केही दिन लाग्नेछ। विगतको तुलनामा आज मध्याह्नपछि बदली हुनुका साथै थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    महाशाखाले अबका केही दिन बिहानीपख मौसम केही खुले पनि मध्यान्हपछि पुनः बदली र हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।
        
    अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने छ।

    देशको पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    रातिको समयमा पनि देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने छ।

    भोलि बुधबार पनि देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ। आज काठमाडौंको न्यूनतम तापक्रम चार दशमलव पाँच र अधिकतम तापक्रम १५ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार