Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सीमा नाकामा बेचबिखनविरुद्ध काम गर्ने संस्थाको ओइरो, सेवाभन्दा पनि फाइदा लिनेको होड !


    मंगलबार, माघ ११ २०७८
    740
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बाँके । नेपालगञ्जको जमुनाहा नाकामा मानव बेचबिखनविरुद्धमा काम गर्ने संघसंस्थाको ओइरो लागेको छ । भन्सार कार्यालयदेखि जमुनाहा नाकासम्मको करिब एक किलोमिटरमा आठवटा संघसंस्थाले चेकजाँच गर्ने गरेका छन् । मानव बेचबिखनको चलनचल्तीको नाका मानिने जमुनाहामा बेचबिखनविरुद्ध काम गर्ने जिल्लाका सबै संघसंस्थाले चेक प्वाइन्ट राखेका छन् ।

    सबै संघसंस्थाले नाकामा उपस्थिति जनाए पनि खोजतलास तथा जोखिममा परेकाले दिने गरेको बयानमा यही नाकाबाट भारत पुगेको वा भारत हुँदै तेस्रो मुलुक पुगेको बताउने गर्दछन् । मानव बेचबिखनविरुद्धको मुद्दा संघसंस्थाका लागि बिकाउ बनेकाले नाकामा अनावश्यक प्रतिस्पर्धा देखिएको छ ।

    बेचबिखनविरुद्ध काम गर्दा ‘डोनर’ले पत्याउने र नाकामा एउटा चेक प्वाइन्ट राखेर काम गरेकोजस्तो देखाउने गरिएको छ । नाकामा सबै संघसंस्थाको चेक प्वाइन्ट हुनु अनि यही नाकाबाट महिला तथा बालबालिका जोखिमपूर्ण यात्रामा बढी निस्किनुले संघसंस्थाले खाली डोनरलाई खुसी बनाउन नाकामा बसेकोजस्तो देखिन्छ ।

    प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने मानव बेचबिखनविरुद्धको जिल्ला समितिले केही वर्षअघि नेपालगञ्ज नाकामा दुईवटा संघसंस्था बस्ने र अरू अन्य नाकामा जाने निर्णय गरेको थियो । त्यसको कार्यान्वयन हुन सकेन । संघसंस्था नेपालगञ्ज नाकालाई छोड्नै मानेनन् ।

    नेपालगञ्ज उपमहानगरपालिकाका महिला विकास शाखाका प्रमुख उपसचिव शोभा शाहले सबै संघसंस्था एउटै नाकामा केन्द्रित रहँदा नक्कल भएको र यात्रुले अनावश्यक सास्ती झेल्नुपरेको बताउनुभयो । ‘नाकामा जाँच हुनु राम्रो हो । तर, सबै संघसंस्थाले एकै ठाउँमा एउटै मान्छेलाई पटक–पटक सोध्दा उसलाई अनावश्यक दुःख हुन्छ’, उपसचिव शाहले भन्नुभयो– ‘नाकामा मैले समातेको भनेर फाइदा लिने होड छ ।’ नेपाल समाचारपत्र दैनिकमा खबर छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार